खाध सुरक्षा

खाध सुरक्षा

Article originally written by Upama Adhikari …B.Sc Ag..IAAS,Paklihawa

आज हामी प्रविधिको आधुनिक युगमा बाँचिरहेका छौँ , जहाँ मानिस चन्द्रमामा बस्ने लक्ष्य बनाई रहेको छ तर यही पृथ्वीमाजब लाखौँले खाना खाने समय आउँछ तब यहाँका केही तीता सत्यहरु देखापर्दछन्।आज विश्वको प्रमुख चुनौती  खाध सुरक्षा सुरक्षा भएको छ।विश्वको करिब ८०० मिलियन जनताले भोकको समस्या सामाना गर्नु परेको छ। जब शहरी जनसङ्ख्याले आफ्नो  परंम्पारिक आहाराकम फ्याट युक्त आहारामा बदल्ने क्रममा छन् तब केही भेगहरु यस्ता पनि छन् जहाँ मानिसहरु आधारभूत पोषण देखिनै बञ्चित छन्।                   

प्रत्येक वर्ष विश्वमा करिब १.३ बिलियन टन खाना व्यर्थमा बर्वाद गरिने अनुमान छ। प्रत्येक ५ सेकेन्डमा ५ वर्ष मुनिको एउटा बच्चाको खाध अभावका कारणले मृत्यु हुने गरेको छ।यदि हामीतत्थाङ्क मार्फत  गयौँ भने , भोकद्वारा पीडित वयक्तिहरुको सङ्ख्या २००७ मा ७५ लाख र २००८ मा ४० मिलियन सम्म पुग्यो। २०१६ मा भोकद्वारा प्रभावित व्यक्तिहरुको सङ्ख्या ८१५ मिलियन वाविश्वव्यापी जनसङ्ख्याको ११% पुग्यो।यसैगरी अपर्याप्त पोषित व्यक्तिहरुको सङ्ख्या २०१५ मा भन्दा १.०४ पटकले २०१६मा वृदि भयो।गरीबी,खाध मुल्यमा वृदि,जलवायु परिवर्तन , प्राकृतिक प्रकोपतथा आपदहरुले खाध सङ्कटलाई सम्बोधन गरेका छन्।

भोक संसारको स्वास्थय जोखिम मध्य पहिलो नम्बरमा पर्ने जोखिम  हो। यसले प्रत्येक वर्ष एड्स,मलेरिया र क्षयरोग समग्रले भन्दा बढि मानिसहरुको ज्यान लिने गरेको छ। संसारमा सातजना व्यक्तिहरु मध्ये  १जना व्यक्ति भोककै बिस्तरामा  पुग्छ।एसिया र प्यासिफिक क्षेत्र  विश्वको आधा जनसङ्खया भन्दा अधिकको र संसारका भोका मानिसहरुको लगभग दुईतिहाईको घर हो। विश्वको ६५%भोकाहरु केवल ७ देशमा  मात्र रहेका छन्: भारत,कङ्गो,लोक्तान्त्रिक गणतन्त्र ,बङ्लादेश,इन्डोनेसिया ,पाकिस्तान र ईथियोपिया। त्यहाँको खाध असुरक्षाको प्रमुखकारण संसारले जनसङ्ख्यालाई  खुवाउन पर्याप्त  खाध उत्पादन नगर्नु नभई एक क्षेत्रमा उत्पादन गरिएको अर्को क्षेत्रमा उपलब्ध नहुनु हो। विश्वका अधिक मानिसहरुको खाध सामाग्री खरिद गर्ने क्षमताअत्यन्तै न्यून  हुनाले खाध सङ्कटको समस्या झेल्नु परेको छविवाद र द्वन्द समेत संसारका निम्ति  ठूलो चुनौती हो जसले खाध असुरक्षालाई सम्बोधन गर्दछ।जलवायु परिवर्तनले तापमानमावृद्वि,अनियमित मौसमी ढाँचा,कीट र रोगको प्रकोपद्वरा खाध असुरक्षालाई योगदान गर्दछ।

खाध सुरक्षा र नेपाल

खाध सुरक्षाको तात्पर्य खाध पदार्थको सुनिश्चित अापुर्ती एवम्  दैनिक  पोषणका निम्ति जनता समक्ष खाध पदार्थको उपलब्धता भन्ने बुझिन्छ।शिक्षा,स्वास्थ तथा सामाजिक सुरक्षा जस्तै खाध सुरक्षा पनि एक नैसर्गिक अधिकार तथा राज्यको प्रमुख दायित्व हो।खाध सुरक्षालाई विश्व,क्षेत्र,राष्ट्र तथा स्थानीय तहमा विश्लेषण गर्न सकिन्छ।यधपीजबसम्म स्थानीय तहमा खाध सुरक्षा सुनिश्चिचत हुदैन तबसम्म विश्वव्यापी खाध सुरक्षा हासिल गर्न सकिदैन।पूर्ण खाध सुरक्षाका निम्ति सर्वप्रथम परिवारका सम्पूर्ण सदस्यहरु; महिला ,पुरुष,बालक तथाअार्थिक रुपमा पहुँच हुनु अत्यन्तै अावश्यक पर्दछ।मुख्यतया खाधान्नको उपलव्धता, खाधान्नको पहुच र खाधान्नको उपयोगलाई खाध सुरक्षाको प्रमुख ३ अाधार स्तम्भ मानिन्छ।

नेपालको संविधान २०७२अन्तर्गत धारा ३६ उपधारा २ ले समेत प्रत्येक नागरिकलाई खाध वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक यसैगरि धारा ३६,उपधारा ३ले प्रत्येकनागरिकलाई कानुन वमोजिम ‘खाध सम्प्रभुताको’ हक प्रदान गरेको छ।यस कथनले खाध असुरक्षा , असुरक्षित खाध वितरण र खानाको लागि कुनै पहुँचको नकारात्मक नतिजाहरु देखि जनतालाई रक्षागर्ने प्रयास गरेको छ।

           खाधान्नको प्रमुख स्रोत  कृषि  भएकाले,खाध सुरक्षाका निम्ति कृषिको प्रमुख भुमिका रहन्छ। कृषि उत्पादकत्वमा बृदि गरी त्यसको उचित वितरण तथा व्यवस्थापन  गर्न सकेको खण्डमा खाधसुरक्षा हासिल गर्न सकिन्छ। नेपाल एक कृषि प्रधान देश हो।नेपालको कुल जनसङ्ख्या मध्ये ६५.६% जनसङ्ख्या (जनगणना २०६८) कृषि पेशामा अावद्व छन्। नेपालको कूल ग्रस्त उत्पादन मध्ये३४.४% कृषिले धानेको छ जुन दक्षिण एेसियाली  राष्ट्र मध्येकै उच्च हो।यधपी नेपालमा खाध सुरक्षाको अवस्था भने सन्तोषजनक छैन।

नेपालमा खाध असुरक्षाका प्रमुख कारणहरु:

विश्व खाध कार्यक्रम २०१८को तथ्याङ्क हेर्दा नेपालमा करिब ४.६ लाख जनता खाध सुरक्षा  देखि वञ्जित छन्। बढ्दो जनसङ्ख्या  ,  पशुपन्छिको मागमा बृदि( मासु वा रुपान्तरण गरिएको मासु) , इन्धन मुल्यमा बृदि ( महङ्गो लागत,यातायात) ,  जलवायु परिवर्तन र शुख्खा परिस्थितिमा बृदि, जैव इन्धनको लागि अन्नको प्रयोग, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा कृषि क्षेत्रमा कम लगानी , पूर्वाधारकोअभाव , चिस्यान केन्द्रको अभाव अादि  खाध असुरक्षाको प्रमुख कारण हो।यस सन्दर्भमा नेपाल जस्तै कम विकसित  देशहरुको खाध सुरक्षाको अवस्था संसारको बहुमतबाट धेरै फरक छैन। नेपालमाखाध असुरक्षाका केहि कारणहरु यस प्रकार छन्:-

१) कृषि उत्पादकत्वमा कमि :-

           खाधान्नको  माग दिनानुदिन बढ्दै जानु  र सोहि दरमा कृषि उत्पादकत्वमा बृदि नहुनुलाई खाध असुरक्षाको प्रमुख  कारक तत्व मान्न सकिन्छकृषि उत्पादनको बृदिका निम्ति विभिन्न प्रयास एवम्कार्यक्रमहरु सञ्चालन गरियता पनि कृषि उत्पादकत्वमा सोचेजस्तो बृदि हुन सकिरहेको छैन । विगत  दुई दशक यता नेपालमा धान उत्पादन बृदि दर १.४% मा धटेको छ । उत्पादित ७०% धान किसानस्वयमलेनै उपभोग गर्ने गरेका छन् । यधपी निर्वाह मुखी किसानलाई उत्पादित अन्नवालीले वर्ष धान्न समेत मुशकिल देखा पर्दछ । एक तर्फ खाधान्नको मागमा बृदि हुनु अनि अर्को तर्फ अपर्याप्त कृषिउत्पादन  हुनुले नेपाल खाध निर्यात  राष्ट्र बाट खाध अायातक राष्ट्रमा परिणत भएको छ।

प्राकृतिक प्रकोप  जस्तै :बाडि ,पहिरो र असिनाले वर्षेनी किसानको अन्नवालीलाई क्षति गर्ने गरेको छ।परम्परागत कृषि पद्दति , उचित कृषि ज्ञान र कृषि विशेषज्ञ  अभाव , किट तथा रोगकोसङ्क्रमण,परम्परागत कृषि प्रणाली  ,विषादि एवम् उन्नत विऊ विजनको अभाव साथै समयमा मल उपलब्ध नहुनुजस्ता विभिन्न पक्षहरुले गर्दा नेपाली कृषी उत्पादकत्वमा ह्रास अाएको छ। तराईकाविभिन्न क्षेत्र तथा समथर भूभागमा अावश्यक कृषि उत्पादन  भएतापनि , भाैगोलिक बनावट, सिन्चाई तथा नहरको उचित प्रबन्ध नहुनु , बिऊ तथा मल समयमा उपलब्ध  नहुनु ,कृषि अाैजारको अभाव,जस्ता विभिन्न समस्याले गर्दा पहाडि तथा हिमाली क्षेत्रमा अावश्यक कृषि उत्पादन हुन सकेको छैन ।

२) जलवायु परिवर्तन :-  

        खाध असुरक्षा जलवायु परिवर्तनका कारण हुने प्रमुख स्वास्थ समस्या मध्ये एक हो ।लगातार बदलिने जलवायु  स्वरुपले लगातार जनताको जीविकाको प्रमुख अाधार अर्थात कृषिलाई अनुपयुत्त  वातावरण सृजना गर्दछ ।

      केन्द्रीय तथ्याङ्क  विभाग ( सी बी एस) नेपालको अनुसार  पछिल्लो दशकमा लगभग ३०८४५ हेक्टर , अासपासमा ५% परिवारको स्वामित्वमा रहेको वाली भूमि , जलवायु परिवर्तनका कारणबाँझो  जमिनमा परिणत भएको छ।खेतीयोग्य लगभग ७६% भूमी बाडी , सुख्खापन, भूक्षय, अादि जस्ता वर्षाको अनियमित ढाँचाको कारण हुने प्राकृतिक प्रकोपले प्रभावित भएको छ। मनसुनपश्च्यात कम पानी परि हिंउदेवाली कम उत्पादन भई  पहाडी तथा हिमाली  क्षेत्रमा रहने जनताका बिच खाध असुरक्षा जस्तो चिन्ताको विषय निम्त्याएको छ जुन अार्थिक र पर्यावरणीय दृष्टिले जलवायुपरिवर्तन प्रति अत्याधिक संवेदनशील छ।

जलवायु विलोपन सूचाङ्कको अाधारमा चाैथो स्थानमा राखिएको नेपाललाई कमजोर हालतबाट जोगाउन सजिलो छैन ।कठिन भाैगोलिक बनावट र कम पूर्वाधारहरुले गर्दा  जलवायु परिवर्तन  द्वारा देखा पर्ने सम्स्या समाधान गर्नु  नेपाल जस्तो विकासोन्मुख राष्ट्रका निम्ति  ठूलो चुनाैती हो । २०१७ मा तराईमा अाएको बाडी , हामी जलवायु परिवर्तन सँग सम्बन्धित समस्याहरुको  सामना गर्नकति तयार छैनाै  भन्ने एउटा प्रासङ्गिक  उदाहरण हो। जसले गर्दा  ८०% दक्षिणी कृषि भूमि पानीमा डुबेको  थियो र ५७ मिलियन अमेरीकी डलरको कृषिवाली नष्ट भएको थियो ।

धान, जुन राष्ट्रको प्रमुख खाधवाली हो,पानीको खतराहरुले सबैभन्दा धेरै प्रभावित  हुने गर्दछ ।देशको खाध सुरक्षा अन्य अन्नवाली भन्दा बढी खाधान्न उत्पादनमा ४५% योगदान पुर्याउने चामलकोउत्पादनमा अधिक निर्भर गर्दछ ।क्षतिको हद हेर्दा जुन २०१७ को बाढीले तराई अर्थात राष्ट्रको ब्रेड बास्केटमा गरेको थियो जसले धान उत्पादन हुने ठूलो भूभाग अोगटेको छ त्यस पश्च्यात खाधअसुरक्षित भविष्य कल्पना गर्न निकै गाह्रो  भने छैन। एफ ए अो (२००७) अनुसार , जलवायु परिवर्तनले खाध सुरक्षाका ४ अायामहरु :- भोजनको उपलब्धता , खानाको पहुँच  , खाध अापूर्ती  र  खाध उपयोगको स्थिरतालाई असर पार्दछ।

३)राष्ट्रिय र विश्व बजारमा खाध मूल्यमा बृदि :- 

नेपाललाई विश्व खाध संकट र मूल्य मुद्रा स्फीतिले ( जुन मार्च २००९ मा  १७.१% थियो) नराम्रो सँग  असर गरेको थियो ।जनवरी २००८ मा १.३ मिलियन मानिसका लागि तत्काल  खानाअावश्यक थियो । डिसेम्बर २००८ सम्म तत्काल खाना सहयोग चाहिने मानिसहरुको सङ्ख्या २.७ मिलियन सम्म  पुग्यो। एकै वर्ष ३.७ मिलियन मानिसहरु खाध असुरक्षित ( डब्लु एफ पी  २००९)  अनुमान गरिएको थियो।अन्नवालीको बढ्दो विफलता र बढ्दो विश्वव्यापी खाध मूल्यले नेपालमा खाधान्नको असुरक्षित स्थिति बढायो  (एफ ए वो २००८)  । अप्रिल  २००८ देखी  अक्टोवर २००९ सम्मनेपालमा थुप्रै खाध वस्तुको मूल्यमा तिव्र बृदि भएको थियो । यस अवधिमा , नेपालमा सबैभन्दा धेरै  उपभोग गरिएको दालको मूल्य ६७% ले बढ्यो । त्यसैगरि क्रमशः चामल , गहुँ , र अालुको मूल्यम२४%,१७% र ११६% ले बढ्यो (डब्लु एफ पी २००९) । नेपाल जस्तो गरिब राष्ट्र जहाँ  करिब २५.२% जनसङ्ख्या गरीबीको रेखा मुनि छन् त्यहाँ यसरी खाधान्नको मूल्य बृद्वि हुदा , मानिसमा खाधान्नखरीद गरी उपभोग गर्ने क्षमता अत्यन्तै न्युन हुन्छ।

४). कृषिमा संलग्न संस्थाहरु बिचको समन्वयनको कमि :- 

नेपालका कृषि विकासमा संलग्न  ३ प्रमुख सहभागीताहरु छन्।नेपाल कृषि अनुसन्धान परिषद (एन ए अार सी ) जसलाई कृषि अनुसन्धान  गर्ने जिम्मेवारी प्रदान गरिएको छ , कृषि विभाग जसलाईविस्तारित कार्य सञ्चालन गर्न र कृषि र पशु विज्ञान संस्थान (आई ए ए एस)  त्रिभुवन  विश्वविद्यालय अन्तरगत जसलाई मुख्यतया : शिक्षण  र दोस्रो रुपमा अनुसन्धान र विस्तारको लागि जिम्मेवारी प्रदानगरीएको छ। यी कृषि विकासमा संलग्न ३ सहभागिताहरु बिच समन्वयनमा कमि देखिन्छ । यो  समन्वय अन्तरले समेत देशमा कृषि क्षेत्रको छिटो विकास हुन सकिरहेको छैन । नेपालमा धेरै सरकारी रगैर  सरकारी  संस्थाहरु रहेका छन् जुन कृषि अनुशन्धानकालागि  रकमको महत्त्वपूर्ण  स्रोत  हुन् । यी संस्थाहरु बिच समन्वय  अन्तरको कारण , केहि मात्र अाधारभूत अनुसन्धानका कार्यक्रमहरुविगतमा सञ्चालन  गरियो र यी अनुसन्धान कार्यहरुको सिफारिसहरु विकासका गतिविधिहरु प्रदशनमा ठिक तरिकाले समावेश गरिएको थिएन।

खाध असुरक्षाका समाधानहरु :-

  • खाध सुरक्षा अत्यन्तै जटिल विषय भएकाले यसको समयमा समाधान गरिनु अत्यन्तै अावश्यक छ।खाध सुरक्षा सुनिश्चित गर्नका निम्ति एक क्षेत्रको अतिरिक्त खाध उत्पादन कुनै  अरु कमउत्पादन हुने क्षेत्रमा उपलब्ध गराउनु पर्दछ। खाधान्नको उचित पहुँच सुनिश्चित गर्न प्रभावकारी वितरण प्रणाली र बजार च्यानलहरको विकास र उत्पादन  बजारमा लगानी बढाउन अावश्यक छ। खाधअसुरक्षाको समस्या हल गर्नको लागि हामी केबल खाधतन्त्रमा मात्र ध्यान केन्द्रित नगरी खाध सुरक्षा सँग सम्बन्धित अन्य कारक तत्वमा पनि ध्यान दिनु पर्दछ। विभिन्न कारक तत्व मध्ये महिला शिक्षापनि  प्रमुख कारक हो। कृषि गतिविधिमा महिलाको सक्रिय सहभागिता ,जीवनशैली , संस्कृति  , स्वास्थ सेवाहरुमा पहुँच , महिला शिक्षा अादिले समेत प्रत्क्ष तथा अप्रत्क्ष रुपमा खाध सुरक्षालाई प्रभाव पार्दछ ।
  • खाध र कृषि सङ्गणनको अनुमान अनुसार यदि महिलालाई पुरुषसरह कृषिको उत्पादनमुलक कार्यमा समावेश गरियो भने खाध उत्पादन २०-३०% ले बृदि हुन सक्छ र समग्रमा विकासोन्मुखराष्ट्रहरुमा कृषि उत्पादकत्व २.५-४% ले बृदि हुन सक्छ  र यसलकिसिमको प्रतिफलले विश्वमा भोका मानिसहरुको सङ्ख्या १२-१७% ले घटाउन सकिन्छ।
  • वाली स्याहारिसके पश्च्यात तयसको व्यवस्थापन तथा सुरक्षित भण्डारन नहुदा समेतखाध असुरक्षा देखा पर्दछ त्यसैले उचित बजार व्यस्थापन , विक्री वितरण,चिस्यान केन्द्रको व्यवस्थाले समेतखाधान्नको क्षति कम गर्न सकिन्छ।
  • माैसम सम्बन्धी उचित ज्ञान , प्राकृतिक प्रकोपबाट  बच्न पूर्व तयारी , उन्नत विऊ विजन तथा रोगको बारेमा उचित ज्ञान , कृषि सँग सम्बन्धीत प्रयाप्त ज्ञान तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबिचको समन्वय |

Leave a Reply

Close Menu
error: Content is protected !!

Never miss an update.Subscribe us to get newsletter whenever we publish an update.

You have successfully subscribed to the newsletter

There was an error while trying to send your request. Please try again.

Scholars Space will use the information you provide on this form to be in touch with you and to provide updates and marketing.
%d bloggers like this: