विश्वास (Faith)

विश्वास (Faith)

१.

म आफ्नो सबै स्मृतिहरू जलाउन चाहन्छु |हरेक सम्झनाहरू ,हरेक यादहरू जो मेरो मानस पटलमा कतै अन्तरद्वन्द्गरि रहेका छन् र कतै मलाई अन्तर्निहित नै जलाई रहेका छन् त्यसबाट आफूलाई म मुक्त गर्न चाहन्छु |हो यो पक्कै पनि गाह्रो छ,असहज छ तर म आफूलाई दरो बनाई तिनिहरूलाई सदाका लागि मेटाउन चाहन्छु |यो विश्वास भन्ने चीज पनि कस्तो रहेछ |मलाई लाग्छ जुन व्यक्तिले यो शब्द आफ्नो विचार एवम् बेबहारमा प्रतिपादन गर्यो खुद त्यो व्यक्तिपनि यस शब्दको भयानकताका विषयमा अवगत थिएन होला |जे होस् यो शब्दको जन्म चाही भई छाड्यो र उठायो संसारमा फेरी अराजकता ,दुर्भावना र बिछोड|सायद धोखा भन्ने शब्दको पनि तेतिखेर नै जन्म भएको हुनुपर्छ |

साँच्चै विश्वास भनेको क हो ?कुनै बेक्ती प्रति आफ्नो कृतज्ञता जाहेर गर्नु विश्वास हो? वा अरूको लागि आफ्नो सर्वस्व सुम्पिनु हो विश्वास ?जे होस् अझै पनि यसको परिभाषा बिबादास्पत नै छ |कम्सेकम मेरो निम्ति यो त्यो पहाड हो जसको न त मलाई फेद नै थाहा छ न त टुप्पो नै |भन्छन् सारा धर्ती ,विशव ,श्रीषटि,आकाश ,पाताल ,मानव जीवन ,आदि विश्वास र भरोसामै कायम छ |यो त्यही विश्वास हो जसले व्यक्तिलाई कुनै कार्य गर्न प्रेरित गर्छ |यती हुँदा हुँदै पनि म अझै सम्म पनि विश्वासको परिभाषामा अज्ञात छु ,अन्जान छु|

विश्वास यो त्यही चीज हो जसमा सर संसार टिकेको छ |एउटा बच्चा आफ्नो आमाको काखमा विश्वास कै आधारमा काखिन्छ,च्यापिन्छ|मात्सल्य,जसको न कुनै सुरुवात छ न त कुनै अन्त्य समेत विश्वासमा नै अडिकछ |कतै कतै सुनिन्छ आमाले आफ्नो बच्चाको रक्षाको निम्ति ज्यान समेत सुम्पेको र गुमाएको |के यो आमाको आफ्नो बच्चा प्रतिको विश्वास होइन ?

अब साँच्चै प्रश्न उठ्छ ,विश्वास के हो ?को माथि विश्वास गर्ने र को प्रति नगर्ने ?म आफूलाई सर्वस्व ज्ञानी भनेर यहाँ परिचित गराउन खोजेको चाही पक्कै होइन | तर मेरो मनमा अन्तर्निहित भावनालाई यहाँ विस्फोट भने असव्य गर्न चाहन्छु र यो यदाकदा आवश्यक पनि छ |म पनि यस विश्वास भन्ने सागरको अनमोल भुमरीमा डुब्न लागि सकेको छु |एउटा सागरमा बाच्ने ,जन्मने ,हुर्कने र आफ्नो विकास सैलिको कोसेढुंगा प्राप्त गर्न जलजिबलाई जसरी समुद्रबाट बाहिर निक्लन्छ ,चाहे त्यो बल पूर्वक  होस् या बुद्धि पूर्वक जमिनमा ल्याइंछ ,त्यति बेला त्यस जलजन्तुलाई जस्तो अनुभूति हुन्छ सायद त्यही हो जस्तो लाग्छ विश्वास को पराजयको परिणाम |

म विश्वासमा नै पहिले देखि बगी रहेको छु |यदाकदा भूत ,वर्तमान र भविष्य ,म यो बिर्सन सक्दिन कि यही विश्वासकै आधारमा मेरो सारा जीवन नै चली रहेको छ |एउटा बिछ्युप्त भएको व्यक्ति जसबाट केही कुराको पनि आशा गर्न सकिन्न ,त्यो व्यक्ति समेत विश्वासको धरातलमा फल्छ वा फाल्न खोज्छ, मग्मगाउछ |यो हरेक व्यक्तिको आफ्नै बाजुमा हुन्छ कि उसले कसलाई आफ्नो विश्वास पात्र ठानोस् र कसबाट मुख फेरोस् |यही अन्तरद्वन्दमा निहित मनलाई सम्झाई बुझाई अगाडी बढ्नु नै के विश्वास होइन ?

२.

     एक घटनाले मेरो जीवन स्वर्ग बनायो र साथ प्रस्ट गर्यो नर्कको द्वार पनि |तर आउने निकट भविष्यको मारलाई पर सारेर मैले विश्वासलाई रोजे|हो यो अहम् पनि हुन सक्छ मेरो कि म विश्वास भन्दा माथि उठी सकेको छु |तर समयले सबैको परीक्षा लिन्छ |मेरो पनि लियो |छिटो ,ढिलो जसरी भए पनि यसको नतिजा आई छाड्यो जो मेरा निम्ति निकै भयानक एवम् डरलाग्दो साबित भयो |हो ,आउने निकट भविष्यको नतिजा मलाई थाहा नभएको त पक्कै होइन |भन्छन् मित्रहरूको तपाइको जीवनमा ठूलो हात हुन्छ ,मेरो पनि छ तर पनि मैले मित्रलाई भन्दा त्यो थोत्रो ,झुत्रो ,च्यातिएको,भत्किएको विश्वासलाई रोजे जसको भविष्य अन्धकारमा थियो |अब यसलाई मैले आफूमा निहित अज्ञानता भनुँ कि मित्रहरू प्रतिको त्राषता ,जे होस् मैले त्यही भविस्यहिन विश्वासलाई नै रोजे|

यसको अध्यात्मको पक्ष पक्का पनि मलाई ज्ञात नभएको त होइन | यसमा निहित अन्धकारमा सास्तीलाई मैले नबुझेको पनि भन्न मिल्दैन |यी सबै हुँदा हुँदै पनि म भावनामा विश्वास गरि यसको दुर्दशालाई नजर अन्दाज गरि एउटा भविष्यरहित विश्वासको सागरमा हामफाले |मलाई थाहा थियो मैले निकट भविष्यमा निकै पिडा सहनु पर्छ जसको निम्ति म कदापि तयार थिएन र छैन पनि तर पनि म हामफाले ,विश्वास कै नाममा |

त्यस बखत मित्रहरूको सत्य बचनपनि काँडा समान चुब्थ्यो यी रिदयमा | सायद मेरो अन्धविश्वास कै कारण तर मैले भुलेछु असल मित्रको वाणी र आमाको कुरा कहिलै गलत हुँदैन |त्यो भविष्य मेरो अगाडी डरलाग्दो परिणाम लिएर नतमस्तक थियो तर म एउटा झीनो बिस्वासको पर्दा भनुँ कि कालो चस्मा लगाई त्यस बगरै बगर हिँड्न थाले ,कुद्न थाले ,दौडिन थाले |

३.

जीवन गतिशील छ |यही विश्वास मनमा राखी,आफ्नो भविष्यको प्रवाह समेत नगरी म त्यसमा डुब्न लागे |त्यो क्षण,प्रतीक क्षणले मेरो जीवनमा एउटा गहिरो छाप छोड्ने छ भन्ने विषयमा ज्ञात भए ता पनि म अन्जान भई रहे वा भनौं भई रहन चाहे |म भावनामा यती सारो नबग्नू पर्ने हो तर विश्वासको आधारमा म बगी नै रहे |एउटा भयानक ,असत्य बोध ,अध्यरता तथा दोधारले भरिपूर्ण जीवनले मेरो प्रतिक्षा गरिरहेको थियो जसबाट म अन्जान थिए ,जसको बोध मलाई त्यति समयसम्म भएन जबसम्म मेरो जीवन र रिदय पुरै झिन्झोरने वाला थियो |म एउटा भ्रममा जीवित भइरहेको थिए,ज्ञानतले होस् या अज्ञानताले |त्यससम्म म भावनामा यति लुछुप्त थिए कि मेरा लागि संसार पुरै सुन्य भइ सकेको थियो |बिस्तारै विश्वासलाई आफ्नो हतियार बनाई म हिँडी नै रहे,निर्जन पथमा एक आशाको भुमरीमा हिँडी नै रहे |

गल्ती मेरो पनि छ ,यसलाई म पक्कै पनि नकार्न सक्दिन र चाहन्न पनि |म किन त्यसरी भविष्यको प्रवाह नगरी बडी रहेथे|कुन्नि कुन चीज थियो जसले मेरा मानस पटललाई बन्द गराइदिएको थियो |अब सहि र गलतको पहिचान पनि गर्न सक्ने स्थितिमा थिएन म |म पनि कस्तो व्यक्ति ,जुन पथमा केवल काँडा थियो अनि हन्डर ,ठक्कर ,पिडा ,दुख ,आशु, रोधन र तुल्य गर्न पनि नसकिने असहनीय,सीमा हीन दर्द ,त्यस पथमा सबैको प्रवाह नगरी म हिँड्न तम्सिए |विश्वास थियो कोही त छ म सँग हिँड्न यो उबडखाबड पथमा तर यहाँ पनि विश्वासले मेरो दोहोरो परीक्षा लीन तम्तयार भएर बसेको रहेछ |म एक्लै रहेछु ;मलाई बोध नै भएन |म त हाँस्ने ,खुशी भएको नताक पो गरि रहेको रहेछु |म त कठपुतली समान कसैको इसारामा नाची रहेको रहेछु|विश्वास कै आधारमा तर मलाई ज्ञान किन भएन वा भनौं म अन्जान नै बस्न रुचाए ;कुन्नि के भयो ;अन्धकारमय भविष्य छर्लंग देख्दा देख्दै पनि किन मैले त्यसलाई नियाल्न सकिन ; अड्कल गर्न सकिन ?साँच्चै यसो गरेर मैले आफूले आफैलाई दिएको धोखा थिएन ?आफूले अरूलाई धोखा दिनु पाप हो तर आफूले आफैलाई धोखा दिनु अझ महापाप हो |म पापी हु जसको मानस पटलमा यी सबै कुराहरूको बोध हुँदा हुँदै पनि म पाप तर्फ लम्किए | यो गर्नु पाप थियो ,त्यसैले म पापी हु |

४.

विश्वास पात्र पाउन निकै गार्हो हुन्छ र पाएको खण्डमा त्यसको जगेर्ना गर्नु आफ्नै हातमा हुन्छ |यो मेरो विचार हो तर आज यहीले म एक्लो भए |यही बिचारले नै मलाई डुबाई रह्यो |मलाई त पत्तो नै भएन म कहिले डुबे छु भनेर तर जब स्वासको बेग अल्लि कम भएको अनुभूति भयो तब थाह पाए म डुब्दै छु भनेर तर यति बेर सम्म धेरै ढिला भइसकेको थियो |मेरो कोइ अरूले गलत फाइदा उठाई सकेको थियो र आउने भविष्यमा पनि उठाउने थियो |निकै ढिला भइसकेको थियो |म यती त्यस सागरमा ;त्यस विष सागरमा डुबे कि मलाई त्यसको लत नै परि सकेको थियो |र अब म जानी नजानी त्यसमा गई नै रहे |

भविष्यमा पनि विश्वास कै नासो दिएर मेरो भावना ,जीवन ,ज्ञान,शिक्षा ,विद्या ,मेरो सर्वस्वको गलत तथा नकारात्मक फाइदा उठी नै रह्यो |मेरो आत्माले ,मस्तिष्कले बेला बेलामा एउटा तीखो ,धार दार सुईले मलाई चुबी नै रह्यो तर म मुटु अगाडी विवश थिए |भनौं न.. अब मेरो अन्त्य ,मेरो विश्वासको अन्त्य हुन निश्चित नै भई सकेको थियो |त्यसको लक्ष्यणहरु पनि मैले नभोगेको ,ननियालेको ,नसंझिएको ,बोध नभएको त पक्कै पनि होइन तर पनि एउटा मधुमेह लागेको बिरामीलाई जसरी डाक्टरले चिनी प्रयोग गर्न निलम्बन गरे पनि ऊ अझै त्यसको प्रयोग गर्न हिचकिचाउँदैन, रुचाउँछ. त्यही समान भई सकेको थियो |त्यसमा अबोध बालक झैँ एकतर्फी सोच राखी म लम्की सकेको थिए |तर परिणाम त जसरी पनि भोग्नु छ |धेरै चिनी र अस्वस्थ जीवन शैलीका कारण मधुमेह रोगबाट पहिला ऊ ग्रसित हुन्छ र अन्त्यमा उसको मृत्यु |मेरो हाल पनि त्यही थियो |फरक यती भयो कि मेरो चाही मृत्यु भएन |त्यहाँ शारीरिक मृत्यु र यहाँ मानसिक मृत्यु |

५.

मानसिक मृत्यु भयानक ,दर्दनाक र पिडा दायी हुन्छ |त्यस किसिमको रोगबाट अब म ग्रसित भइसकेको थिए |म पागलपनको चरम सीमामा थिए भनेनी हुन्छ |जो सदा अरूको समस्याको निदानको निम्ति तत्पर थियो ,उसैको समस्यामा सल्लाह दिने त परे जाओस् कठै वर भन्ने पनि कोही थिएन |बिस्तारै यो समस्याले मेरो दैनिक जीवनलाई हाबी गर्न लागि सकेको रहेछ |म सदा अनावश्यक रूपमा तनाव मै हुन्थे |मैले जानी नजानी जीवनका हरेक उपलब्धिलाई नकार्न लागि सकेको थिए |यसले सीधासाधा हानी मेरो व्यक्तिगत जीवन शैलीमा पनि गर्यो |म सामान्यतया खुशी. हाँसी रहने व्यक्ति बिना कारण गम्भीर स्वभावको हन थालेको थिए |मानिसहरू मेरो नजिक आउन खोजे पनि ,चाहे पनि उनीहरूलाई मैले सधैँ टाढा राख्न थाले वा भनौं म पछि दिनानुदिन एकलकाँटे हुँदै गए |साथीहरू भन्थे यस्तो किन तर जुन विषयको जबाफ खुद मसँग नै थिएन , म कसरी उनीहरूलाई दिऊ | म बिना कारण एकोहोरो रही रहे ,बिना कारण चुपचाप बस्न लागे ,बिना कारण साथीहरू जो सादा मेरो भलो चाहन्थे उनीहरूबाट मानसिक रूपमा टाढा अझ टाढा हुँदै गए |अब मलाई केही चीजको विश्वास थिएन ,रत्तीभर पनि तर पनि म आफूलाई भ्रमित पार्न भने कहिलै छोडेन जस कारण मेरो समय ,मित्रता ,धन ,व्यक्तित्व,मानसिक अवस्था सब बजारको शून्यताको मूल्यमा बिकी नै रह्यो ,भनौं निलाम नै भइ रह्यो |   

मैल सायद यी सबै नगर्नू पर्ने हो तर अन्जान बस म बाट गल्ती भई नै रह्यो |एउटा भ्रममा बाचिरहेको मानिसले के अर्काको पार लगाओस् ; म मात्र नभई मेरो कारणले सबै डुबी रहेका थिए |बिस्तारै म निराशावादीमा कति बेला परिवर्तित भएछु मलाई पत्तो नै भएन |

६.

हो मैले विश्वासको नाममा आफ्नै हत्या गरे र आफै चौध वर्ष वा भनौं अनन्त कालसम्म सजाए बेहोरे वा बेहोरिरहेको छु तर पनि आफूलाई सम्हाल्ने  मैले भरसक कोसिस गरिरहेको नै छु |कमसेकम अब| विश्वासको नाजायज फाइदा त मेरो नजिकको व्यक्तिले उठाई सक्यो र उठाई पनि रहेको छ तर कस्तो म यो सब आफ्नै आँखा अगाडी हुन देईरहेको छु |यसको विरोधमा म उत्रिएको छैन |आज जीवनले मलाई पनि पागल प्रेमी बनाएर छाड्यो |जुन व्यक्तिले सादा अरूको रिदयालाई मलम पट्टि गरि रह्यो आज ऊ खुद त्यही भट्टीमा जलिरहेको छ |यो मेरो सजाए नै हो भन्नु पर्छ अरूको रिदयलाई चोट पराउनु,घात पराउनु तर सजाएपनि त काटेर म के गरुँ ? यसको प्रतिफल के हुन्छ ?विश्वासले नै मेरो घर बनायो ,एक-एक इट्टा जोडी र आज विश्वास नै मेरा लागि ठूलो प्राकृतिक प्रकोपका रूपमा ज्वलन्त भयो र सबै उडाएर लग्यो |

मलाई हेरचाह चाहिएको छ ,गईडेन्स चाहिएको छ ,जुन मैले पाइरहेको छैन ,कम से कम घरबाट त मैले आशा नै गरेको छैन किन भने मैले घर परिवारको विरुद्ध नै यो एकलौटी सम्बन्ध स्थापित गरेको थिए |त्यस कारण म एक्लो ,तनाव एवम् चिन्तितको दिशामा अग्रसर भई नै रहे र भई नै रहेको छु |  

This Post Has One Comment

  1. Keep up the wonderful work, I read few blog posts on this web site and I conceive that your weblog is really interesting and contains lots of superb information.

Leave a Reply

Close Menu
error: Content is protected !!

Never miss an update.Subscribe us to get newsletter whenever we publish an update.

You have successfully subscribed to the newsletter

There was an error while trying to send your request. Please try again.

Scholars Space will use the information you provide on this form to be in touch with you and to provide updates and marketing.
%d bloggers like this: